कर्णाली र सुदूरपश्चिममा आज पनि पानी पर्ने सम्भावना

कर्णाली र सुदूरपश्चिममा आज पनि पानी पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज पनि मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक–दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । हिमपात गण्डकीको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हुने महाशाखाले जनाएको छ । राति पनि हिमपातको सम्भावना हरेको छ । महाशाखाका अनुसार शनिबार पनि कर्णाली र सुदूरका केही ठाउँमा हिमपात भए पनि बाँकी भूभागमा आंशिक बदली वा मौसम सफा रहनेछ । आइतबार भने सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।

Logo