ट्राफिक नियमविरुद्ध यातायात मजदुरको आन्दोलनले लियो उग्ररुप, जलाए प्रहरी भ्यान

ट्राफिक नियमविरुद्ध यातायात मजदुरको आन्दोलनले लियो उग्ररुप, जलाए प्रहरी भ्यान

केन्द्रबिन्दु
0
Shares

ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरुले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका छन् । 

सोमवार यातायात मजदुरले नयाँ बषपार्क क्षेत्रको सडकमा सवारी साधन तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् । बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । 

यातायात मजदुरहरुले सडकमा सवारी साधन तेर्स्याएर बिरोध जनाएसँगै बालाजु चोकबाट माछापोखरीसम्म सडक अवरुद्ध छ ।आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा समेत आगजनी गरेका छन् ।

पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमबिरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको सवारीसाधनहरुका चालकहरुले बताए । बीच सडकमै सवारी साधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन ठप्प भएको छ । 

अवरोधका कारण अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजामसमेत गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् । यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका छन् । उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका हुन् ।

यतिबेला नेपाल प्रहरीले यातायात सुचारु गर्न प्रयास गरिहरेको छ । 

Skip This
Skip This
Logo