गाउँपालिका अध्यक्षको घरमा भेटियो बम

गाउँपालिका अध्यक्षको घरमा भेटियो बम

केन्द्रबिन्दु
0
Shares

रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घरमा अज्ञात समूहले बम राखेको अवस्थामा फेला परेको छ ।

सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको हो । घिमिरेको घर पछाडि कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  

सिमेन्टको बोराभित्र शंकास्पद बस्तु देखेपछि अध्यक्ष घिमिरेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको डीएसपी अर्यालले बताए। तारजडित प्रेसर कुकरमा ‘खतरा’ लेखेर टाँसिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo