लघुवित्त सस्था विरुद्धको केन्द्रीय संघर्ष समितिले माइतीघर मण्डलामा शनिवार बिहान पाँच बुँदे मागसहित धर्ना दिएको छ।
धर्नामा उनीहरुले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको माग कार्यन्वयन गर्नुे पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। लघुवित्तीय संस्था खारेजी, निशुल्क ऋण बितरण, सामुहिक ऋण मिनाह लगायतका माग राख्दै १८ माघ ०७८ मा प्रधानमन्त्री देउवालाई उनीहरुले ज्ञापन पत्र बुझाएका दिए।
उनीहरुले वर्ष दिनअघि गुल्मीबाट आन्दोलन सुरु गरेका थिए। माइतीघर मण्डलमा धर्नारत उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। लघुवित्तसंस्थाले राष्ट्र बैंकको निर्देशिका समेत मिचेर काम गर्दै आएको बाउँदै धर्नामा सहभागि मध्येका मनिराम ज्ञवालीले नियम विपरितका काम तत्काल अन्य हुनुपर्ने जानकारी दिए ।
उनले भने,‘एउटा व्यक्तिलाई दुईभन्दा बढी संस्थाले कर्जा लगानी गर्न नपाउने नियम छ। तर, त्यसलाई मिचेर लुघुवित्त संस्थाले जनतालाई सामाजिक र आर्थिक शोषण गरेको छ । साह्रै ठूलो पीडा छ । हाम्रो आन्दोलन यसैका विरुद्ध हो । १ माघ ०७८ मा सुरु भएको हाम्रो आन्दोलन अहिले यहाँ आइपुगेको छ । माग पुरा नभएसम्म आन्दोलन जारी रहनेछ ।’
लघुवित्तले आर्थिक र सामाजिक दुवै शोषण गरेको उनीहरुको दाबी छ । लघुवित्तले निम्त्याएको पीडा क्यान्सरभन्दा पनि घातक रहेको दाबी गर्दै उनीहरुले यसको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरुका अनुसार लघुवित्त आर्थिक र सामाजिक विकासको दुश्मन हो । लघुवित्तको आन्दोलनलाई अखिल नेपाल किसान महासंघले ऐकेवद्धता जनाएको छ । महासंघको तर्फबाट आन्दोलनमा सहभागि इश्वरीप्रसाद पाण्डेले पीडितको आवज सरकारले वेवास्ता गर्न नहुने बताए।
उनले भने, ‘लघुवित्त पीडितको आन्दोलन ‘ग्रासरुट’देखि नै उठेको छ । उनीहरुले व्याज तिर्न सकेका छैनन्। यसको न्यूनिकरण गर्न सरकार तयार हुनुपर्छ । शान्तिपूर्ण ढंगले अहिले आन्दोलन भइरहेको छ । यसलाई सकारले नजरअन्दाज गर्नु भएन।





























प्रतिक्रिया