अरुको अधिकार, स्वतन्त्रता र न्यायकालागि लड्ने पत्रकारहरु आफै कति पीडामा छन् ? यो प्रश्न हरेक बर्ष सार्वजनिक हुने प्रतिवेदनले छर्लङ्ग पार्छ । यस पटक प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरिएको तथ्यांकले पनि नेपालका पत्रकारहरुको अवस्था छर्लङ्ग पारेको छ ।
नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले गतवर्ष नेपालमा प्रेस स्वतन्त्रताविरुद्धका ५५ वटा घटना भएको देखाएको छ । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले वार्षिक प्रतिवेदन सार्वजनिक गरे ।
एक वर्षमा ५५ वटा प्रेस स्वतन्त्रता हननका घटना भएकोमा ती घट्नाबाट ९३ जना पत्रकार तथा सञ्चारकर्मीका साथै ८ वटा सञ्चार संस्थाहरु पीडित भएको नेपाल पत्रकार महासंंघ सञ्चार अनुगमन इकाईले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जसमा सञ्चारकर्मीमाथि सबैभन्दा धेरै दुर्व्यवहार र धम्कीका घटना भएको छ । २४ वटा दुर्व्यवहारका घटना भएकोमा सबैभन्दा बढी बागमती प्रदेशमा ९ वटा, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा समान ३/३ वटा, कर्णालीमा २ र विदेशमा एउटा घटना भएको महासंघले जनाएको छ ।
दुर्व्यवहारपछि सञ्चारकर्मीमाथि आक्रमणको घटना धेरै भएको छ । एक वर्षमा सञ्चारकर्मीमाथि ११ वटा आक्रमणको घटना हुँदा समाचार संकलनमा अवरोध पु-याउने तथा सामान कब्जा गरिएका ७ वटा, पेशागत असुरक्षाको ८, गिरफ्तारमा परेको नेपालमा एक जना र विदेशमा एक गरी २ वटा तथा विस्थापनको एउटा घटना तथा लैङ्गिक हिंसाको २ वटा घटना भएको सार्वजनिक प्रतिवेदनले देखाएको छ ।
सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली र लुम्बिनी प्रदेशमा प्रेस स्वतन्त्रता हनन्का घटना भएको देखिन्छ । एक वर्षमा सञ्चार क्षेत्रसंग सम्बन्धित विविध प्रकृतिका घटना मात्रै एक सय एक वटा भएका छन् ।
महासंघको सञ्चार अनुगमन एकाइको तथ्यांक हेर्दा पत्रकारको पेसागत असुरक्षा भोग्दै आएको देखिन्छ । जसमा संस्थाले निकालेकोदेखि सेवा सुविधाबाट बञ्चितगरि राजीनामा दिन बाध्य पारिएका तथा पारिश्रमिक नदिएका कुरा उल्लेख छन् । जसमा गत चैत ८ गते ग्यालेक्सी फोके टिभीले सिन्धुपाल्चोक जिल्ला संवाददाता विजया नेपाललाई निकालेको,राष्ट्रिय समाचार समितिले ०८९ असोज महिनाबाट ८ जनामहिलापत्रकार सहित २२ जना ज्यालादारी पत्रकारलाई सेवाबाट निकालेको,कान्तिपुर मिडिया गु्रपले १५वर्षदेखि कार्यरत पत्रकारलाई निकालेको जस्ता घटना समावेश भएका छन् ।































प्रतिक्रिया