संगठनलाई मजबुत बनाउन प्रतिवद्ध छुः महानिरीक्षक कुँवर

संगठनलाई मजबुत बनाउन प्रतिवद्ध छुः महानिरीक्षक कुँवर

केन्द्रबिन्दु
0
Shares

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनलाई संस्थागत रुपमै मजबुत बनाउन आफू प्रयासरत रहेको बताएका छन् ।

बिहीबार ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै महानिरीक्षक कुँवरले आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तयार रहेको बताएका हुन् । 

उनले भने, ‘वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध छ ।’

प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको संयुक्त रुपमा उद्घाटन गर्दै उनले नव–निर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण र संवर्द्धन गर्न समेत आग्रह गरे । 

नेपाल सरकारको कुल ३ करोड १९ लाख १३ हजार ३ सय ३६ रूपैयाँ ३२ पैसाको लागतमा उक्त भवनहरुको निर्माण सम्पन्न भएको हो । त्यस्तै, प्रहरी कार्यालय भवन, भान्सा घर र नागरिक सहायता कक्ष निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले कुल २ करोड ४१ लाख २० हजार ४ सय ६२ रूपैयाँ २१ पैसाको उपलब्ध गराएको प्रहरी नायव उपरीक्षक इन्जिनीयर ध्रुव अधिकारीले बताए । 

कार्यक्रममा तिलोत्तमा, देवदह तथा सैनामैना नगरपालिकाका नगर प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो । 

Skip This
Skip This
Logo