काठमाडौंमा मर्निङ वाक गएकाहरूको सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौंमा मर्निङ वाक गएकाहरूको सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ


काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक काभ्रे पाँचखालका उमेश क्षेत्री, मोटरसाइकल चालक सुनसरी धरानका रवि विक, चेक लुट्ने रामेछापका रविन दमाई र लुटेको सुन विक्री गर्न सहयोग गर्ने धनकुटाका राहुल माझी रहेका छन् । साथै सुनका सिक्री किन्ने भारत पश्चिम बंगालका ४२ वर्षका श्रीकान्ता माइतीलाई पनि प्रहरीले हिरासतमा लिएको छ। 
 
बिहानपख हिँडडुल गर्ने महिलाहरूलाई लक्षित गरी उनीहरूले सुनको सिक्री लुट्ने गरेको पाइएको छ । यो गिरोहले पछिल्लो एक महिनामा ८ वटा चेन लुटपाटको घटना गराएका छन् । 

Logo