काठमाडौं। अक्षय तृतीया केवल धार्मिक आस्था मात्र नभई जीवनशैली र संस्कृतिसँग गहिरो रूपमा जोडिएको पर्वका रूपमा आज देशभर मनाइँदैछ। परम्परागत रूपमा जौको सातु र सर्वत सेवन गर्दै गर्मीमा शरीरलाई शीतलता दिने सन्देश बोकेको यो दिनले स्वास्थ्य र संस्कार दुवैलाई जोड्ने काम गरेको छ।
धार्मिक मान्यताअनुसार आजकै दिन त्रेता युगको सुरुआत भएको र भगवान् परशुरामको जन्म भएको विश्वास गरिन्छ। साथै शिव–पार्वतीको विवाहसँग पनि यो तिथि जोडिएकाले आज गरिने पूजा, दान र शुभकर्मलाई विशेष फलदायी मानिन्छ।
ज्योतिषीय दृष्टिले सूर्य र चन्द्रमा उच्च राशिमा रहने भएकाले आजको दिनलाई ‘स्वयंसिद्ध मुहूर्त’ भनिन्छ, जहाँ कुनै विशेष साइत नहेरी पनि विवाह, गृहप्रवेश, नयाँ व्यवसाय सुरुआत, सवारी साधन तथा सुन खरिदजस्ता कार्य गर्न सकिने विश्वास छ।
अक्षय तृतीयामा गरिने दान–धर्मलाई कहिल्यै नाश नहुने पुण्यसँग जोडेर हेरिन्छ। यही कारणले यो दिनलाई उदारता, सहयोग र सकारात्मक कर्मतर्फ प्रेरित गर्ने अवसरका रूपमा पनि लिने गरिन्छ।





























प्रतिक्रिया