काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट १६ तीर्थयात्री लिएर लु१ज ४१६७ नम्बरको बोलेरो जिप रोल्पाको जलजलातर्फ आउने क्रममा थबाङ गाउँपालिका -१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा दुर्घटनामा परेको हो । पानी परिरहेकाले सडक चिप्लो हुँदा जिप दुर्घटनामा पर्दा जिप भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
१७ जनाको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । हाल रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो ।





























प्रतिक्रिया