जापानलाई हराउँदै स्विडेन सेमिफाइनलमा प्रवेश

जापानलाई हराउँदै स्विडेन सेमिफाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ। उपाधी दाबेदार मानिएको जापानविरुद्ध स्विडेन २-१ गोलअन्तरले विजयी भएको हो।

स्वीडेनका लागी ए लेस्टि र एफ एन्जलले समान १/१ गोल गरिन्। उता जापानका लागी एह्यांसीले १ गोल फर्काइन्। जापानका लागी खेलको ७६औँ मिनेटमा आर युकिले पेनाल्टीमा गोल गर्न चुकेपछि खेलमा फर्किने मौका गुमाएको थियो।

फाइनल प्रवेशका लागी स्विडेनले स्पेनको सामना गर्नेछ। स्पेन आजै भएको पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। स्वीडेन यस अघि अर्को बलियो टोली अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनमा आएको थियो।

Logo