कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने

कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज हुने पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध फिल्डिङ गर्ने निर्णय लिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सले टस जितेर लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएको हो ।

लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ ।

लुम्बिनी आज दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।

Logo