वेस्ट इन्डिजलाई ४ विकेटले हराउँदै न्युजिल्यान्डद्वारा सिरिज ‘क्लिन स्विप’

वेस्ट इन्डिजलाई ४ विकेटले हराउँदै न्युजिल्यान्डद्वारा सिरिज ‘क्लिन स्विप’

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजलाई ४ विकेटको रोमाञ्चक अन्तरले पराजित गर्दै न्युजिल्यान्डले तीन खेलको शृङ्खला ३-० ले क्लिन स्विप गरेको छ।

सेडन पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले न्युजिल्यान्डको बलियो बलिङ सामु टिक्न सकेन र ३६.२ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्वाधिक ३८ रन बनाए भने जोन क्याम्पबेलले २९ रनको योगदान दिएका थिए।

‘प्लेयर अफ द म्याच’ म्याट हेनरीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९.२ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए। साथै ज्याकोब डफी र मिचेल स्यान्टनरले पनि २-२ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले १६२ रनको सामान्य लक्ष्य ३०.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। न्युजिल्यान्डको जितमा ब्याट्सम्यान मार्क च्यापम्यानले सर्वाधिक ६४ रनको महत्त्वपूर्ण पारी खेले। यस्तै, माइकल ब्रेसवेलले अविजित ४० रन बनाउँदै टिमलाई जितसम्म पुर्‍याएका थिए।

वेस्ट इन्डिजका तर्फबाट जेडेन सिल्स र म्याथ्यु फोर्डले २-२ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

Skip This
Skip This
Logo