सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार संसदमा बजेट पेस गरेकाे छ।
सरकारले चीनसँगको सीमा नाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ ।
सरकारले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।
मदन भण्डारी राजमार्गको बजेट घटेकाे छ।
दोलखामा फिल्म सिटी र काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने भएको छ ।
सरकारले क्यान्सर, मेरुदण्ड पक्षघात र मिर्गौलाका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने भएको छ।
सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।
सरकारले कृषि क्षेत्रका लागि ५५ अर्व ९७ करोड रकम विनियोजन गरेको छ।
सरकारले खाना पकाउने ग्यासमा दिंदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने बताएको छ।
सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ