काठमाडौंमा पानी निकाल्दा ग्यास आयो, पानीमाथि बल्यो आगो (भिडियोसहित)

काठमाडौंमा पानी निकाल्दा ग्यास आयो, पानीमाथि बल्यो आगो (भिडियोसहित)


काठमाडौं । काठमाडौंमा पानीसँगै ग्यास फेला परेको छ । त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय प्राङ्गणमा बोरिङबाट पानी निकाल्दा पानीसँगै ग्यास निस्केको हो । भन्सार विभागले नयाँ भवन निर्माणका लागि आवश्यक पानी बोरिङबाट निकाल्दा पानीसँगै ग्यास निस्केको हो ।

बोरिङका क्रममा ग्यासको गन्ध आउँदा त्यहाँ उपस्थित व्यक्तिले आगो बालेका थिए । आगो बाल्दा मज्जाले आगो बलेको भन्सार विभागसँगै रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक इन्दिरा अधिकारीले जानकारी दिए ।

बोरिङ गरेर शुरूमा निस्केको फोहोर पानी फाल्ने क्रममा ग्यासको गन्ध आएको र पछि आगो बाल्दा मज्जाले आगो बलेको उनले बताईन् । आगो बलेको भिडियो पनि उनले सामाजिक सञ्जालमा हालेकी छन् । भिडियोमा पनि पानीसँगै आगो बलेको प्रष्टै देखिन्छ ।

यसअघि त्रिपुरेश्वरसँगै जोडिएको टेकुमा पनि जमिनबाट ग्यास निस्केको थियो । त्यस्तै ललितपुरको इमाडोल लगायतका क्षेत्रमा जमिनमुनि ग्यास रहेको पुष्टि भइसकेको छ । विभिन्न अध्ययनले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ग्यास रहेको देखाईएको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोसः

Logo