कन्जुमर इलेक्ट्रोनिक्सबाट महिला सेक्स टोय हटाईयो

कन्जुमर इलेक्ट्रोनिक्सबाट महिला सेक्स टोय हटाईयो


एजेन्सी । अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) बाट एउटा सेक्स टोयलाई प्रतिबन्द लगाईएको छ । सन् २०१९ को कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) बाट महिलाका लागि डिजाइन गरिएको ओसे भाइब्रेटर नामक रोबोटिक सेक्स टोयलाई प्रतिबन्द लगाईएको हो ।

इन्नोभेसन अवार्ड प्राप्त गरेसँगै सीईएसमा प्रदर्शनीका लागि आमन्त्रित भएको ओसे भाइब्रेटर रोबोटिक सेक्स टोयलाई सीईएसको आयोजक कन्जुमर टेक्नोलोजी एसोसिएसनले प्रदर्शनीबाट हटाएको हो ।

लोरा डिकार्लो कम्पनीले निर्माण गरेको उक्त भाइब्रेटर अश्लील भएको र भुलवस त्यसलाई प्रदर्शनीमा समावेश गरिएको भन्दै पहिलो दिनमै आयोजकले हटाएको हो ।

कम्पनीका अनुसार आयोजकले महिलाका लागि बढी लक्षित गरिएको दुईवटा रोबोटिक भ्याकुम क्लिनर, रोबोटिक स्केटबोर्ड, चार प्रकारका बच्चाका खेलौना तथा सपिङमा सघाउने रोबोटलगायतका सामान पनि प्रदर्शनीमा रोक लगाएको छ ।

कम्पनीकी प्रमुख ह्याडोकले आयोजकले पुरुषका लागि काम लाग्ने सेक्स रोबोट तथा भिआर पोर्नलाई प्रदर्शनीमा ठाउँ दिएको बताईन् । समारोह स्थलबाट सेक्स भिडियो भर्चुअल रियालिटी पोर्न कक्षसम्मका लागि आगन्तुकलाई बसको व्यवस्था समेत गरिएको छ ।

Logo