श्रीलंकाकी राजदूत ‘निक इलेक्ट्रो टेक’ मा पुग्दा…(भिडियोसहित)

श्रीलंकाकी राजदूत ‘निक इलेक्ट्रो टेक’ मा पुग्दा…(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजधानीमा जारी नवौं ‘निक इलेक्ट्रो टेक-२०१८’ मा नेपालका लागि श्रीलंकाकी राजदूतले अवलोकन गरेकी छन् । नेपालका लागि श्रीलंकाकी राजदूत स्वर्ना पेरेराले सोमबार भृकृटीमण्डपमा जारी निक इलेक्ट्रो टेकको अवलोकन गरेकी हुन् ।

अवलोकनपछि केन्द्रबिन्दु टिभीसँग कुराकानी गर्दै राजदूत पेरेराले उक्त मेला अत्यन्तै राम्रो रहेको प्रतिक्रिया दिएकी छन् । नेपाली होम मेडका विद्युतीय सँगै विदेशी ब्राण्ड सामाग्रीहरु एउटै थलोमा अवलोकन गर्न पाउँदा आफु अत्यन्तै खुशी रहेको बताईन् ।

पुस ६ गतेदेखी सुरु भएको मेलामा विद्युतीय सामाग्रीको व्यापारमा सहज र प्रर्वद्धन गर्न सहयोगी भूमिका निभाईरहेको आयोजक नेपाल विद्युत महासंघले जनाएको छ ।

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराको साथ सुरु भएको मेलामा विद्युतिय सामग्रीहरुको व्यवसायलाई थप विकास गर्ने उद्देश्य राखिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागितामा यो मेला विगत १९९६ देखि २–२ वर्षको फरकमा आयोजना हुँदै आएको छ । मेलामा स्वदेशी तथा विदेशी ब्राण्डहरुको अत्याधुनिक विद्युतिय सामाग्रीहरु प्रदर्शनीमा राखिएका छन् । यहाँ ७७ वटा स्टलहरु रहेका छन् ।

Logo