कक्षा १० का विद्यार्थीले बनाए ‘बग्गी कार’

कक्षा १० का विद्यार्थीले बनाए ‘बग्गी कार’

केन्द्रबिन्दु
0
Shares

सुर्खेत । वीरेन्द्रनगरस्थित विद्याज्योति सहकारी माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत दर्पण खनालले ‘बग्गी कार’ बनाएका छन्। यो गाडीको नाम ‘बग्गी’ राखिएको छ ।

सानै उमेरमा विज्ञान र प्रविधिमा रुचि राख्ने खनालले बिदाको समयमा कार निर्माण गरेका हुन् । मोटरसाइकलको इन्जिन प्रयोग गरेर बग्गी कार बनाएका हुन् । पश्चिम पञ्चपुरी नगरपालिका–९ विद्यापुर घर भएका दर्पणले तीन लाख रुपैयाँ खर्चेर कार निर्माण गरेको बताएका छन् ।

उक्त कारमा मोटरसाइकलको इन्जिनहरु, पुराना टायर, फलामका सामग्रीहरु प्रयोग गरिएको छ । कार बनाउन थप युटुबको पनि सहायता लिएका हुन् ।

उनले बनाएको कारमा पहिलो यात्री कर्णाली प्रदेशसभा सांसद अमरबहादुर थापा बनेका छन् । थापालाई खनालले विद्यालयकै प्राङ्गण परिक्रमा गराएका थिए। उनले यसअघि रिमोट कन्ट्रोलर कार, अटो अनअफ लाइट, पानीको उचाइ नाप्ने यन्त्रसमेत बनाईएको थिए ।

Logo