मृत महिलाको पाठेघर प्रत्यारोपणबाट अर्की महिलाले बच्चा जन्माइन्

मृत महिलाको पाठेघर प्रत्यारोपणबाट अर्की महिलाले बच्चा जन्माइन्

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । मेडिकल साइन्स मृत महिलाको पाठेघर अर्की महिलामा प्रत्यारोपण गरेर बच्चा जन्माउन सफल भएको छ । ब्राजिलमा यस्तो सम्भव भएको हो । मृत महिलाको पाठेघर अर्की महिलामा प्रत्यारोपण गरेर बच्चा जन्माउन सफल भएकी हुन् ।

सन् २०१६ मा ब्राजिलको साओ पाओलोमा पाठेघर विहिन महिलामा एक मृत महिलाको पाठेघर प्रत्यारोपण गरिएको थियो । अहिले ३२ वर्षकी भएकी महिला जन्मिदा खेरी नै पाठेघर बिहीन थिइन् । सन् २०१६ मा निधन भएकी एक महिलाको पाठेघर उनमा प्रत्यारोपण गरिएको थियो ।

साओ पाओलोको अस्पतालमा ३९ आमाहरुले आफू जीवितै रहेका बेला आफ्ना छोरीहरुलाई पाठेघर प्रदान गरेका थिए । त्यसमध्ये ११ जनाले बच्चा जन्माएका थिए । तर निधन भइसकेकी महिलाको पाठेघर प्रत्यारोपण गरिएका यसअघिका १० प्रयासमा बच्चा जीवित जन्मिएका थिएनन् । यसअघिका प्रयासमा गर्भ रहने तर केही महिनामै खेर जाने भएको थियो । तर पछिल्लो प्रयास भने सफल भएको हो ।

तीन सन्तानकी आमा जसको उमेर ४० देखि ४५ वर्षको बिचमा थियो । उनको मस्तिष्कमा भएको रक्तश्रावका कारण निधन भयो । तर उनको पाठेघर भने राम्रो थियो । डाक्टरले त्यो पाठेघरमा रहेका डिम्बलाई निकालेर बुवा बन्न चाहने पाठेघर बिहीन महिलाका पतिको शुक्रकिटसँग समागम गराएर त्यसलाई फ्रिजरमा राखे ।

त्यसपछि प्रत्यारोपणको शत्यक्रिया भयो, त्यसक्रममा महिलालाई प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि दिइयो, किनकी त्यसो नगरिएमा उनको शरीरले प्रत्यारोपणलाई स्वीकार गर्ने थिएन ।

पाठेघर प्रत्यारोपण गरेको झण्डै ६ हप्तापछि ती महिलाको महिनावारी सुरु भयो । शल्यक्रियाको सात महिनापछि फर्टिलाइज गरेर राखिएको भ्रुण महिलाको पाठेघरमा राखियो । त्यसपछि सामान्य गर्भावस्थाको समय बिताएर ती महिलाले शल्यक्रिया मार्फत साढे दुई किलो तौलकी छोरी जन्माएकी हुन् ।

Logo