विश्वका अर्बपतिहरूको नयाँ सूचीमा नेपालका विनोद चौधरी कति नम्बरमा परे ?

विश्वका अर्बपतिहरूको नयाँ सूचीमा नेपालका विनोद चौधरी कति नम्बरमा परे ?

केन्द्रबिन्दु
30
Shares

अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। विश्‍वभरमा अर्बपतिहरूको संख्या बढेर २ हजार ७८१ पुगेको छ। जुन गत वर्षको तुलनामा यो संख्या १४१ ले बढी हो भने २०२१ मा तय गरिएको रेकर्डभन्दा २६ बढी हो।

अमेरिकामा अर्बपतिको संख्या ८ सय १३ छ । यसपछि सबैभन्दा धेरै अर्बपति चीनमा ४ सय ७३ जना छन्। अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ। जहाँ अहिले २ सय जना अर्बपति छन्।

विश्वका सबैभन्दा धनीको उपमा अमेजनका प्रमुख जेफ बेजोसबाट खोसिएको छ । उनको ठाउँमा अहिले फ्रान्सका कारोबारी बर्नार्ड अर्नल्ट संसारकै धनी व्यक्ति बनेका छन् । यी फ्रेन्च अर्बपतिको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ। साथै दोस्रोमा रहेका मस्कसँग कूल सम्पत्ति १ खर्ब ९५ अर्ब डलर छ। तेस्रो नम्बरमा रहेका अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ भने चौथो नम्बरमा रहेका फेसबुकका संस्थापक जुकरबर्गको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर, पाँचौँ नम्बरमा रहेका ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब डलर छ।

त्यस्तै, विश्वकाे छैठौं, सातौं, आठौं, नवौं र दशौंमा धनीमा क्रमशः वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको कूल सम्पत्ति १ खर्ब ३३ अर्ब डलर, माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर, माइक्रोसफ्टका पूर्वसिईओ स्टिभ बाल्मरकाे कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर, रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीकाे कूल सम्पत्ति १ खर्ब १६ अर्ब डलर र गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर छ।

नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ । किनकी युद्ध, राजनीतिक उथलपुथल र लामो समयदेखिको मुद्रास्फीतिले विश्वव्यापी स्टक बजारहरूलाई नछुँदा उनीहरूको सम्पत्ति झन् झन् बढिरहेको छ।

यसैबीच विश्वका अर्बपतिको सूचीमा यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४औँ स्थानमा परेका छन्। उनको कूल सम्पत्ति १ अर्ब ८ करोड अमेरिकी डलर छ। उनी नेपालका एक्ला अर्बपति हुन् ।

Skip This
Skip This
Logo