‘परदेशीको कथा’ बजारमा (भिडियोसहित)

‘परदेशीको कथा’ बजारमा (भिडियोसहित)


काठमाडौं ।

विभिन्न कारणले मातृभूमि छोडेर प्रवाशिने नेपालीको लाइन बाक्लो नै छ । परिवारसँगै जीवन जिउने चाहाना भए पनि साहुको ऋण र गरिबीले थिचेपछि चलिरहेको दैनिकीलाई बदल्नु नियति जस्तै बनेको छ । जिम्मेवारी तथा गरिबीले मातृभूमि तथा परिवारै छोड्नु परेको तितो सत्यलाई सुन्दर शैलीमा प्रस्तुत गरिएको मौलिक लोक गीत परदेशीको कथा बजारमा आएको छ ।

भोलि विहान सबेरै हिन्न छ ।
त्यै भएर मेरो मन खिन्न छ ।।
परदेशीको कथा ।।
ओठको हाँसो हेर्नीलाई मनमा पीर छ अथाह ।।

राजु केसीले सिर्जना गरेको शब्दलाई गोविन्द चापागाईं तथा रमा राना मगरले आवाज दिएका छन् । वास्तविक जीवनको भोगाई लाई कलात्मक रूपमा निश्चल दवाडीले पर्दामा उतारेका हुन् ।

दिवस थापा मगरले संगीत संयोजन गरेको गीतमा मनोज तथा सपना नेपालीको जीवन्त अभिनय हेर्न सकिन्छ । समीर रामदामले सम्पादन गरेको भिडियो शिव राजा र अनीश कार्कीले खिचेका हुन् । बाबा ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत बजारमा आएको गीतमा संगीत दवाडीकै रहेको छ । भिडियो यस्तो छ :

 

 

Logo