आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। च्यासल,ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक रुपमा छलफल गरेका थिए। उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाईएको हो। बैठकले सांगठानिक संरचना, केन्द्रिय नेताहरुको कार्यविभाजन तथा अन्य बिषयमा छलफल गर्नेछ।































प्रतिक्रिया