नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ।शुक्रबार नेपाल आएका लु लेभेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले ट्वीट गरेर जानकारी दिएका छन्।अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसिसी कार्यान्वयनबारे चर्चा गरेका छन्।
परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे गर्नु गरेका हुन्। भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसिसी कार्यान्वयनबारे चर्चा गरेका छन्।
उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराएका लोकसेवा आयोगका शाखा अधिकृत मिमबहादुर शाहीलाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ। विशेष अदालतका सदस्यहरु यमुना भट्टराई,शालिग्राम कोइराला र डा.खुसीप्रसाद थारुको इजलासले उनलाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको हो।
जयनगर-जनकपुर-कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म नै आउने भएको छ। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटर आइतबार बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यकम तय भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन कुमार झाले जानकारी दिए।
काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान गनत्व्यमा नपुगी काठमाडौं फर्काइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर ५३ मा उडेको नाइनएन–एजेओ विमान फर्काइएको हो।
गरिब, विपन्न, बेवारिसे र असहायहरूको लागि देशका १६ अस्पतालमा तीनहजार ५२३ बेड निःशुल्कउपलब्ध गराइने भएको छ। संघ अन्तर्गतका अस्पतातहरूमा उक्त संख्यामा बेड निःशुल्क उपलब्ध गराइने स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो।
काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान गनत्व्यमा नपुगी काठमाडौं फर्काइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर ५३ मा उडेको नाइनएन-एजेओ विमान फर्काइएको हो।
बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरी कारबाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले बर्दी लगाएर भिडियाे बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो।
काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ।शुक्रबारको नगर सभा बैठकमा महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधनसहित पास भएको हो। २६ असारबाट सुरु भएको बजेटमाथिको छलफल सकाएर पारित गरिएको हो।
गत १०असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको घोषणा गरेकीथिइन् ।
राष्ट्रिय किसान सञ्जालले कालीमाटी बजार विकास समितिले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय किसान सञ्जालका संयोजक गणेश तिमल्सिनाले समितिले गरेको अवैज्ञानिक र अपारदर्शी निर्णय आजका मितिले १ हप्ताभित्र सच्याउन आग्रह गरेका छन्।
अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ। यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो। विराटनगर लगायत जिल्लाका कतिपय स्थानका बस्तीमा खोलाहरू पसेका छन्। जसका कारण ठुलो क्षति नभए पनि मानिसहरू प्रभावित बनेका छन्। भारतीयअन्तरिक्ष अनुसन्धान संगठन (इस्स्रो) ले चन्द्रयान ३ को सफलप्रक्षेपण गरेको छ। शुक्रबार दिउँसो भारतीय समय २ बजेर ३५ मिनेटमा चन्द्रयान ३ लाई चन्द्रमामा पठाएको हो।
विराटनगर लगायत जिल्लाका कतिपय स्थानका बस्तीमा खोलाहरू पसेका छन्। जसका कारण ठुलो क्षति नभए पनि मानिसहरू प्रभावित बनेका छन्।
बलिङ र ब्याटिङ नचल्दा नेपालले एसिसी इमर्जिङ टिम्स एसियाकपमाहारबाट सुरुवात गरेको छ। शुक्रबार कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा भएको पहिलो खेलमा नेपालउपाधिदाबेदार पाकिस्तानएसँग ४ विकेटले पराजित भएको हो। नेपालले जितका लागि दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्न सफल भयो।





























प्रतिक्रिया