अरुको आङको जुम्रा देख्ने बालेनले आफ्नै आँगनको खाल्टो पनि देखेनन् ?[भिडियाेसहित]

अरुको आङको जुम्रा देख्ने बालेनले आफ्नै आँगनको खाल्टो पनि देखेनन् ?[भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय काठमाडौं महानगरपालिकाले एकपछि अर्को उदाहरणीय कार्यहरु गर्दै गइरहेको हामी सबैले देखिरहेकै छौं।

५ वर्षभित्र महानगरलाई पूर्ण रुपमा परिवर्तन गर्न भनी अघि बढिरहेका मेयर बालेनले आफ्नै आँगन अघिको खाल्टोलाई भने अनदेखा गरी बसिरहेका छन्। 

 

बालेन शाह महानगरको मेयर बनेपछि काठमाडौं शहरमा प्रत्येक दिन केही न केही विकास वा परिवर्तनको कामहरु भइरहेको पढ्न सुन्न र देख्न पाइएको छ।  ५ वर्षभित्र महानगरलाई पूर्ण रुपमा परिवर्तन गर्न भनी अघि बढिरहेका मेयर बालेनले आफ्नै आँगन अघिको खाल्टोलाई भने अनदेखा गरी बसिरहेका छन्। 

पुतली सडकस्थित काठमाडौं प्लाजा अघिको मुख्य सडक नै बिग्रँदा मेयर बालेन र महानगरपालिका मौन छ। दिनभरी हजारौंको सङख्यामा सो सडकमा गाडीहरु गुडिरहेका हुन्छन्। तर महानगर भवनअघिकै सडक मर्मत गर्नु पर्ने कामबाट महानगर पछि हटिरहेको छ। 

केन्द्रबिन्दु टोली काठमाडौं प्लाजा पुग्दा सो सडकमा गुड्ने सवारीसाधनहरुले निकै सकसका साथ यात्रा गरिरहेका थिए। महानगर अघिकै सो सडकमा साइकल, बाइक होस अथवा चार पाङग्रे गाडी सबै सवारीहरु निकै सकसका साथ यात्रा गरिरहेको देख्न सकिन्छ। 

एकवर्षअघि बालेन शाहले नै सडकमा हुने स–साना खाल्टाहरु पुर्न पूर्वाधार एम्बुलेन्स भनेर सञ्चालनमा ल्याएका थिए। तर सो कार्यलाई महानगरपालिकाले ६ महिनापछि निरन्तरता दिन सकेन। बिहान बेलुकी सञ्चालन गर्ने र प्रत्येक दिन कमसेकम सात ठाँउको खाल्टो पुर्ने बालेनको संकल्प अपुरो नै रहेको उदाहरण पुतली सडकस्थित काठमाडौं प्लाजा अघिको मुख्य सडकलाई लिन सकिन्छ। 

केन्द्रबिन्दु टोली काठमाडौं प्लाजा पुग्दा सो सडकमा गुड्ने सवारीसाधनहरुले निकै सकसका साथ यात्रा गरिरहेका थिए। महानगर अघिकै सो सडकमा साइकल, बाइक होस अथवा चार पाङग्रे गाडी सबै सवारीहरु निकै सकसका साथ यात्रा गरिरहेको देख्न सकिन्छ। 

 

सो सडकखण्डमा बिहान र दिउँसोको समयमा जसोतसो सवारीहरु यात्रा गरिरहेको देखिएता पनि बेलुकी भने सवारी चालकहरुलाई धेरै मुस्किल परेको प्रत्यक्ष देखिन्छ। बेलुकीको समय उज्यालो कम हुने र मानिसहरुको ध्यान पनि दिउँसो भन्दा कम हुने भएकाले बेलुकीको समयमा सो स्थानमा कुनै अशोभनीय दुर्घटना नहोला भन्न सकिन्नँ। सोही कारणहरुलाई नियाल्दै महानगरले तुरुन्त पूर्वाधार एम्बुलेन्सलाई सञ्चालनमा ल्याएर असोभ्निय दुर्घटना घट्नबाट बचाउन सक्छ।

Skip This
Skip This
Logo