नेपालमा टाटाको ‘कर्भ डट ईभी’ ईभी सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा टाटाको ‘कर्भ डट ईभी’ ईभी सार्वजनिक, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ मोडलको गाडी सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले ‘कर्भ डट ईभी’ को सार्वजनिक गरेको हो ।

गाडी सार्वजनिक गर्ने क्रममा बोल्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठले कर्भ ईभीको आकर्षक डिजाइन हुनुका साथै आम ग्राहकको रोजाइमा पर्ने अपेक्षा लिएको बताए ।

‘टाटाको नयाँ–नयाँ मोडलका ईभी गाडी आइरहेका छन्, जसलाई ग्राहकले निकै रुचाउनु भएको छ, सोही अनुसार सर्भिस सेन्टर, चार्जिङ स्टेशन निर्माण गरिरहेका छौं,’ उनले भने ।

भारतीय बजारमा कर्भ ईभीको पाँच भेरियन्ट भएता पनि नेपालमा भने टप भेरियन्ट मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । सेतो र खैरो दुई रङ विकल्प सहित आएको यो गाडी नेपाली बाटो सुहाउँदो रहेको बताइएको छ ।

हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । आकर्षक डिजाइन, अत्याधुनिक फिचर समावेश भएको यो गाडी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ ।

४५ किलोवाट आवरको ब्याट्री भएको भेरियन्टले ४३० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडीको टर्क भने २१५ एनएम छ । यस्तै, ५५ किलोवाट आवर ब्याट्री भएको कर्भ डट ईभीले एक पटकको फूल चार्जमा ५०२ किलोमिटरको यात्रा तय गर्छ ।

१०० किलोमिटर प्रतिघण्टा कुद्न सक्ने यो गाडीमा ६ वटा एयर ब्याग साथै इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम पनि रहेको छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम भएको यो गाडीको बुट स्पेस ५०० लिटर रहेको छ भने गाडीमा मोटर पावर १२३ किलोवाट आवर दिइएको छ ।

कम्पनीले कर्भ डट ईभीको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकेको छ ।

Skip This
Skip This
Logo