सीजी मोटर्सले सार्वजनिक गर्‍यो नयाँ पिकअप ईभी ‘रिडारा आरडी सिक्स’

सीजी मोटर्सले सार्वजनिक गर्‍यो नयाँ पिकअप ईभी ‘रिडारा आरडी सिक्स’

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी याे पिकअप सार्वजनिक गरिएको हो । सो कार्यक्रममा १० वटा रिडारा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडारा फोर ह्‍विलले ईभी पिकअप सेगमेन्टमा नयाँ स्तर स्थापित गरेको छ ।

४२४ किलोमिटरको रेन्ज दाबी गरिएको गाडीमा ७२ किलोवाट आवर क्षमताको ब्याट्री छ । नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै गाडीमा सात फरक-फरक ड्राइभिङ मोडहरू समावेश छन् ।

साथै, ५४० डिग्रीमा घुमेका क्यामेराले यसलाई सहज सुरक्षा सतर्कता अपनाउन मद्दत गर्ने कम्पनीको दाबी छ । २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा ६.१ मिटरको टर्निङ रेडियस छ ।

डारा आरडी सिक्समा बालुवा, हिलो, अफ–रोड, पानी, इकोनोमी आरामदायी र स्पोर्ट मोडहरू उपलब्ध छन्, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ । साथै, ५४० डिग्री सराउन्डेड भ्यु क्यामेरा प्रणालीसमेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ ।

नेपालमा हाल यस गाडीको मूल्य सनरुफबिना ७९ लाख ९९ हजार, सररुफसहित ८१ लाख ९९ हजार र मल्टी फङ्क्सनको ८२ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ । उत्कृष्ट विशेषताहरू र वातावरणमैत्री प्रविधिले यसलाई अझ मूल्यवान् बनाउने कम्पनीको भनाइ छ ।

कार्यक्रममा विशेष ४ डब्लूडी डेलिभरी र एड्भेन्चर ड्राइभ आयोजना गरिएको थियो । सहभागीहरूले गाडीको वास्तविक शक्ति र क्षमताको अनुभव लिन विभिन्न चुनौतीपूर्ण भूभागमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।

Skip This
Skip This
Logo