काठमाडौं
सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति गरेको छ ।
इन्धनको मूल्यवृद्धि हुँदा मारमा परेको भन्दै यातायात व्यवसायीले मूल्य समायोजन वा भाडा वृद्धिको माग राखी दसैं तिहारमा अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकारले तत्काललाई १० प्रतिशत भाडा बढाउने सहमति गरेको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायीसँग भाडादर बढाउने सहमति भएको हो ।
सहमति अनुसार यातायात व्यवस्था विभागले आइतबार (आज) बाट नयाँ भाडादर कायम गर्नेछ भने यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । त्यस्तै सरकार र यातायात व्यवसायीबीच मूल्यवृद्धि अनुसारको भाडा समायोजन गर्न समिति गठन गर्ने र आगामी मंसिरसम्ममा समय सापेक्ष समायोजन गर्ने सहमति भएको यातायात मन्त्रालयले जनाएको छ ।
नागरिकबाट































प्रतिक्रिया