काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष केपीओलीले मुलुकलाई समृद्ध बनाउन कर्मी मौरी झैं मेहनती बन्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । "/>

प्रधानमन्त्रीले जब भाषणबाटै अब कर्मी मौरी बनौं भनेपछि… (भिडियोमा)

प्रधानमन्त्रीले जब भाषणबाटै अब कर्मी मौरी बनौं भनेपछि… (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष केपीओलीले मुलुकलाई समृद्ध बनाउन कर्मी मौरी झैं मेहनती बन्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कर्मी मौरी झैं मिलेर काम गरे मुलुकलाई छिट्टै समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे ।

 

शनिबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा नेपालको बाम प्रजातान्त्रिक आन्दोलनकी नेतृ साहना प्रधानको चौंथो स्मृति सभालाई सम्बोधन गर्दै उनले सहान प्रधान जस्ता अग्रजहरुको सपना पूरा गर्न पार्टीका नेता, कार्यकर्ताहरुले देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको बताए ।

 

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेतृ साहना प्रधानले नेपालको राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलका बीच पनि आफूलाई राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभ्याएको स्मरण गराए । उनले पार्टी एकतासँगै मुलुक निर्माण गर्ने ठूलो अभिभारा आएको भन्दै त्यसलाई पूरा गर्न लाग्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

Skip This
Skip This
Logo