काठमाडौं। व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै रेसिङ अटोमोबाइल्स प्रालि ले नुवाकोटका तीन विद्यालयमा सरसफाइ प्रवद्र्धनका लागि डस्टबिन हस्तान्तरण गरेको छ। बेलकोटगढी नगरपालिका–३ स्थित विद्यालयहरूलाई लक्षित गर्दै गरिएको यो पहलले कक्षाकोठा सफा राख्नु मात्र होइन, विद्यार्थीमा सरसफाइप्रतिको चेतना विकास गर्ने उद्देश्य बोकेको छ।
मंगलबार आयोजित कार्यक्रममा कम्पनीले श्री पोखरी आधारभूत विद्यालय, श्री लक्ष्मेश्वरी माध्यमिक विद्यालय र श्री नवज्योति आधारभूत विद्यालय लाई कक्षाकोठामा प्रयोग हुने ३९ थान डस्टबिन सहयोग प्रदान गरेको हो। कम्पनीका अनुसार विद्यालय परिसरलाई स्वच्छ, व्यवस्थित र सिकाइमैत्री वातावरण बनाउन सहयोग पु¥याउने लक्ष्यसहित यो सामग्री उपलब्ध गराइएको हो।
डस्टबिन ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापकहरूले रेसिङ अटोमोबाइल्सप्रति आभार व्यक्त गरेका छन्। उनीहरूका अनुसार प्राप्त सामग्रीले कक्षाकोठा सफा राख्न सहज बनाउनुका साथै विद्यार्थीहरूमा व्यक्तिगत र सामूहिक सरसफाइप्रतिको जिम्मेवारी बोध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ। प्रधानाध्यापकहरूले कम्पनीका अध्यक्ष रुद्र ढुंगेल र सम्पूर्ण टिमलाई धन्यवाद दिँदै यस्ता सामाजिक कार्यहरू शिक्षण संस्थाका लागि अत्यन्त उपयोगी र अनुकरणीय रहेको बताएका छन्।
काठमाडौंमा स्थापित रेसिङ अटोमोबाइल्स एक प्रतिष्ठित अटोमोबाइल व्यवसायिक संस्था हो, जसले विभिन्न ब्रान्डका सवारी साधनहरूको खरिद, बिक्री तथा सट्टापट्टा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले व्यवसायसँगै समुदायसँगको सम्बन्ध मजबुत बनाउने उद्देश्यले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।































प्रतिक्रिया