काठमाडौं। हाँस्य कलाकार सागर लम्साल ‘बले’ अहिले प्रहरी नियन्त्रणमा रहे पनि उनीविरुद्ध बलात्कार सम्बन्धी कुनै औपचारिक जाहेरी दर्ता भएको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंले हाल उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जालमा गम्भीर आरोप सार्वजनिक भए पनि त्यससम्बन्धी कानुनी प्रक्रिया भने सुरु भएको छैन।
एक युवतीले फेसबुकमार्फत एक वर्षअघि आफू बलात्कृत भएको दाबी गरेपछि यो विषय चर्चामा आएको हो। तर अहिलेसम्म उक्त आरोपलाई लिएर प्रहरीमा उजुरी नपरेको स्पष्ट पारिएको छ ।
प्रहरीले बुढानिलकण्ठ क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएपछि विभिन्न सञ्चारमाध्यममा बलात्कार आरोपमा पक्राउ गरिएको खबर बाहिरिए पनि आधिकारिक रूपमा भने अभद्र व्यवहारकै मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।
बले चैत २० गते बुढानिलकण्ठबाट समातिएका थिए। मोरङको विराटनगर घर भई हाल अमेरिका बस्दै आएकी संगम विष्टले गत शुक्रबार फेसबुकमा लामो वेदना पोख्दै एक वर्षअघि आँफू बलेबाट बलात्कृत भएको बताएकी थिइन्।
यस घटनाले सामाजिक सञ्जालमा उठेका आरोप र कानुनी प्रक्रियाबीचको अन्तरबारे पुनः बहस सुरु गराएको छ ।





























प्रतिक्रिया