अनियमिततामा तानिए शाह सहित भट्ट र अग्रवालसम्म

अनियमिततामा तानिए शाह सहित भट्ट र अग्रवालसम्म

केन्द्रबिन्दु
1.28k
Shares

काठमाडौं। धितोपत्र बजारमा उधारो कारोबार र मूल्य कृत्रिम रूपमा बढाउने गतिविधि भएको आशंकासहित ठूलो आर्थिक अनियमिततामा विचौलियाको संज्ञा पाएका व्यवसायी दीपक भट्टसँगै सुबी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोर तानिएका छन् । नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनले व्यवसायी दीपक भट्टसहित सुबी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले अग्रिम रकम नदिई सेयर खरिद गर्ने, कारोबारको पूरा भुक्तानी नगर्ने र सेयर आफ्नो खातामा राख्ने अभ्यास गरेको देखाएको छ। यसरी ब्रोकर कम्पनीसँग मिलेर बजारमा कृत्रिम माग सिर्जना गरी सेयर मूल्य बढाउने प्रयास भएको भन्दै प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ।

अनुसन्धानका क्रममा एउटै ट्रेडिङ म्यानेजमेन्ट सिस्टम ९त्ःक्० विभिन्न व्यक्तिले प्रयोग गरेको र ठूलो परिमाणमा रकम अझै फर्छ्योट हुन बाँकी रहेको तथ्य पनि फेला परेको छ। ब्रोकर कम्पनीमार्फत भएको यी कारोबारले लगानीकर्तालाई झुक्याउने र बजारको वास्तविक मूल्य संरचना प्रभावित पार्ने काम भएको हुनसक्ने बोर्डको निष्कर्ष छ।

धितोपत्र ऐनअनुसार यस्ता उधारो कारोबारलाई अवैध मानिन्छ र दोषी ठहर भएमा जरिवाना, कैद वा दुवै सजाय हुने व्यवस्था छ। प्रतिवेदनले यो प्रकरणलाई थप अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने संकेत गरेको छ।

Logo