नेपालगञ्ज। बाँकेको नेपालगञ्जमा विपद् व्यवस्थापनका लागि ‘फायर बाइक’ प्रयोगदेखि समुदायस्तरसम्म स्वयंसेवक परिचालन गर्ने अभ्यास सुरु गरिएको छ।
‘विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत’ विषयक कार्यक्रममा विपद् व्यवस्थापनलाई बहुआयामिक रूपमा हेरेर योजना बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। प्रदेशस्तरमा विपद्लाई प्राथमिकतामा राखिएको र पूर्वतयारीमा जोड दिइएको बताइएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले ‘हिट वेभ’ कार्ययोजना लागू गर्दै विभिन्न परियोजनासँग सहकार्य गरेको जनाएको छ। आगलागी नियन्त्रणका लागि तीन वटा दमकल र एउटा फायर बाइक प्रयोगमा ल्याइएको छ। विद्युतीय अनियमितताका कारण आगलागीका घटना बढी हुने गरेको तथ्य पनि सार्वजनिक गरिएको छ।
विपद् जोखिमको आधारमा वडा नम्बर ३ र ७ लाई उच्च जोखिम क्षेत्र मानिएको छ। पुराना बस्ती, साँघुरा बाटा र माटोका घरका कारण जोखिम बढेको देखिएको छ। ती क्षेत्रमा ४०० जनालाई सामुदायिक स्वयंसेवक बनाएर तालिम दिइएको छ।
नेपालगञ्जमा तीव्र सहरीकरणसँगै विपद् जोखिम बढ्दै गएको र करिब १ लाख ५० हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ।





























प्रतिक्रिया