जेन जी आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

जेन जी आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका एक कैदी पुनः पक्राउ परेका छन्।

लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–६ डिकोपाटनबाट नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई मङ्गलबार कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ।

गुरुङ गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेर फरार रहेका थिए। प्रहरीका अनुसार उनी लामो समयदेखि लुकेर बसिरहेका थिए। यसअघि पनि कास्की प्रहरीले आन्दोलनकै क्रममा रौतहट कारागारबाट फरार भएका एक कैदीलाई पोखराबाट पक्राउ गरी कारागारमा बुझाइसकेको छ।

Logo