मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘बाघ मित्र’ अभियान सुरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘बाघ मित्र’ अभियान सुरु

केन्द्रबिन्दु
12
Shares

बागमती । पर्सा राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘बाघ मित्र’ अभियान सुरु गरेको छ । बाघलगायत वन्यजन्तुबाट हुने क्षति घटाउँदै मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको निकुञ्जले जनाएको छ ।

पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयसँगको समन्वयमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत वन्यजन्तुको महत्व, तिनबाट सुरक्षित रहने उपाय तथा समस्या समाधानका विधिबारे छलफल भइरहेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले जानकारी दिए ।

निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वन्यजन्तुबाट पीडित भएका नागरिकलाई करिब १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ । यस अवधिमा वन्यजन्तु सम्बन्धी ७ वटा मुद्दा दर्ता भई १५ जना पक्राउ परेका छन् ।

निकुञ्जले सोही अवधिमा गिट्टी–बालुवा तथा वन पैदावारबाट करिब ६० लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

Skip This
Skip This
Logo