चितवनमा ‘स्विप अपरेशन’ : ११३ जना नियन्त्रणमा

चितवनमा ‘स्विप अपरेशन’ : ११३ जना नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरी ११३ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार सञ्चालन गरिएको उक्त अपरेशनमा लागुऔषध बिक्री तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी हल्ला गर्ने, यात्रुको इच्छाविपरीत झोला तथा सामान तानेर दुःख दिने, सरकारी कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने तथा सवारीसाधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने चालकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Logo