भारतका रेलबाट बर्सेनी हजारौं बालबालिका बेपत्ता

भारतका रेलबाट बर्सेनी हजारौं बालबालिका बेपत्ता

केन्द्रबिन्दु
0
Shares

लन्डन, १६ साउन । भारतको विभिन्न क्षेत्रमा फैलिएको रेलमार्गबाट वर्षिक रूपमा हजारौं बालबालिका हराउने गरेको तथ्य सार्वजनिक भएको छ ।

संरक्षक नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा यस विषयलाई निकै संवेदनशील विषयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ ।

पूर्वी भारतको कलकत्तामा पर्ने सियालदह रेलमार्गबाट बालबालिकाहरू अपहरित हुने क्रम बढेको पाइएको छ ।

भारतको सबैभन्दा बढी व्यस्तमध्येको एक र देशव्यापी फैलिएको उक्त रेलमार्गबाट सन् २०११ मा १५ हजार दुई सय ८४ जना बालबालिका हराएका बताइएको छ ।

सन् २०१५ मा रेल, रेलमार्ग र रेलस्टेशन वरपरबाट ४१ हजार आठ सय ९३ जना बालबालिका हराएको प्रतिवेदनमा उल्लेख छ ।

गरिबीका र पारिवारिक हिंसाका कारण सियालदह रेलस्टेसन वरपर पुग्ने गरेका र केही समय त्यहाँ बसेपछि उनीहरू त्यहाँबाट हराउने गरेको दावी प्रतिवेदनमा छ । रासस/सिन्ह्वा

Skip This
Skip This
Logo