काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशन सहमतिको प्रयास विफल भएसँगै खुला शक्ति संघर्षको चरणमा प्रवेश गरेको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने उत्रिएपछि पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन सार्वजनिक रूपमै परीक्षणमा परेको छ। सोमबार दिनभरि चलेको अन्तिम समन्वय प्रयास असफल भएपछि संस्थापन पक्ष र इतर पक्षबीच कडा राजनीतिक टक्कर…