काठमाडौँ। राष्ट्रिय सभाको रिक्त पद पूर्तिका लागि आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा निर्वाचन हुँदैछ। फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदका लागि निर्वाचन हुन लागेको हो। कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगका अनुसार आज हुने निर्वाचनका लागि कुल ४४ जनाले उम्मेदवारी दर्ता गराएका…