काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेता हरिवोल गजुरेल सहित प्रेस सेन्टरका महेश्वर दाहाल सहितका ७ जनालाई कार्बाही गरेको छ । पार्टीको आधिकारिक निर्देशनभन्दा बाहिर गएर उम्मेदवार, प्रस्ताव र प्रचारमा हिँडेको भन्दै नेकपाले उनीहरुलाई कार्बाही गरेको हो। पार्टीको आदेश विपरित सिन्धुली २ मा महेश्वर दाहाल बागी उम्मेदवार बनेका छन्। उनलाई नेता हरिबोल गजुरेलले साथ दिएका छन्।…