काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो पटक जेनजी पुस्ताका उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचन आयोगका अनुसार, कुल ३,४९० उम्मेदवारमध्ये १२ देखि २८ वर्ष उमेर समूहका १५७ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये ७० जना दलगत रछन् भने ८७ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् । संविधानअनुसार प्रतिनिधिसभा उम्मेदवारका लागि न्यूनतम २५…