रुकुम पूर्व । प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वबाट प्रत्यक्ष उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वलाई नयाँ समाजवादी आन्दोलनको केन्द्र बनाउने उद्घोष गरेका छन्। प्रेस सेन्टर नेपाल रुकुम पूर्वले रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले भने, “समाजवादको कुरा भाषणमा होइन, व्यवहारमा उतार्ने समय आएको छ ।…