काठमाडौं । काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले जनप्रतिनिधिको रूपमा आफूले निर्वाह गर्ने भूमिका दुई तहमा केन्द्रित हुने बताएका छन् । टेलिफोन संवादमा उनले पहिलो, नीति निर्माण तहमा सक्रिय सहभागिता र दोस्रो, विकास निर्माणका लागि वार्षिक बजेटमा आफ्नो क्षेत्रको आवश्यकता समेट्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।…