पोखरा । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो– हट एयर बेलुन । पोखरामा सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ । समुद्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमशृंखला हेर्न सकिन्छ । यस्तै, फिस्टेल, अन्नपूर्ण तथा धौलागिरि…