ज्येष्ठ नागरिकका सवालमा साढे दशकदेखि क्रियाशील सामाजिक अभियन्ता श्रीधर लामिछानेको पुस्तक ‘सहज बुढ्यौली’ बजारमा आएको छ । भक्तपुरस्थित सिद्धि स्मृति अस्पतालमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादव, राष्ट्रियसभा सदस्य बिमला पौडेल राई, वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास, वरिष्ठ पत्रकार भैरव रिसाल, सिद्धिस्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललगायतले पुस्तक लोकार्पण गरेका हुन् ।…