भारतीय चर्चित टेलिभिजन सिरियल रमानन्द सागरको रामायणमा ‘रावण’को अभिनयमार्फत् लोकप्रिय बनका कलाकार अरबिन्द त्रिवेदीको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा हृदयाघातका कारण गए राति निधन भएको हो । उनको आजै मुम्बई स्थित दहानुकरवाडी आर्यघाटमा अन्त्येष्टि हुने बताइएको छ । उत्तर प्रदेशको उज्जैन सहरमा जन्मिएका कलाकार त्रिवेदीले आफ्नो करियरको सुरुवात भने गुजराती रङ्गमञ्चबाट गरेका…