कोरोनाका कारण बन्द रहेका सिनेमा हललाई प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हलहरु बन्द छन् । तर, शनिवार बलिउड फिल्म ‘सूर्यवंशी’ ले तिहारलाई रिलिज डेट तोकेपछि आइतवार चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गरेको छ । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले १८ महिनादेखि फिल्म प्रदर्शन…