काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका छन्। सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए। सरकारले १०० बुँदे शासकीय सुधारका कार्य…