तपाईं अहिले मोबाइल, ल्यापटप, कम्युटर, आइप्याड जे को माध्यमबाट यो सामाग्री हेर्दै हुनुहुन्छ, यो सबै प्रविधिमा भएको परिवर्तनको परिणाम हो । सूचना तथा प्रविधिमा विश्वले ठूलो छलाङ मारेको छ । यसको विकाससँगै अन्तर्राष्ट्रिय बजारमा बौद्धिक तथा विज्ञता प्राप्त, जनशक्तिको माग बढेको छ । नेपालसमेत प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा आईटी अध्ययन गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको…