काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले भने, “हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।” त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने…