काठमाडौं । राजासंस्था पुनर्स्थापनाको मागलाई लिएर राजावादी पक्षधरहरु प्रदर्शन गरिरहेका छन् । जुन प्रदर्शन र आन्दोलनको नेतृत्व लिएको छ संयुक्त जनआन्दोलन समितिले । गएको चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अहिलेसम्म पनि हिरासतमा छन् । मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री एवं सांसद डा. धवल शमशेर २४ दिनपछि…