काठमाडौं । विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएलगत्तै भैंसेपाटीस्थित मन्त्री क्वार्टर पनि छाडेकी छिन् । शिक्षकहरुको आन्दोलन चर्किरहेका बेला सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन् । राजीनामा बुझाएर उनी सिधैं आफ्नो निजी निवास चावहिलमा गएकी थिइन् । सरकारी गाडी क्वार्टरमै छाडेर बालुवाटार पनि उनी सहयोगीको गाडीमा पुगेकी थिइन्…